जिपी कोइराला आइटिएफ तेक्वान्दो च्याम्पियनसिप हुने

आइतबार, फागुन २९, २०७८
Global Ime Bank

काठमाडौँ, २९ फागुन । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । कोइरालाको १२औँ स्मृति दिवसका अवसरमा ‘जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप’ आगामी चैत ५ र ६ गते काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

    प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टोली (त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब) सहभागी हुने छन् । महिला र पुरुषतर्फ तीन तीन तौल समूहमा खेलाडीबीच प्रतिस्पर्धा हुने छ । पहिलो, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ५००, ३०० र २०० अमेरिकी डलर नगद तथा पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  

सो अवसरमा फाउण्डेशनका खेलकूद विभाग सह–संयोजक धर्मराज गिरीले नेपाली राजनीतिका शिखर पुरुष, महानायक, गणतन्त्रका पिता तथा पूर्वप्रधानमन्त्री स्व कोइरालाको स्मरण, योगदान एवं विचारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथै उनले देशका लागि गरेको योगदानको उच्च सम्मान गर्दै प्रतियोगिता आयोजना गरिएको बताए। रासस

 

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १५:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार