झापामा ७० लाखको औषधि बरामद

शनिबार, फागुन २८, २०७८

बनियानी, २८ फागुन ।  झापाको बुद्धशान्ति गाउँपालिकाबाट ठूलो परिमाणमा औषधिसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम सूर्योदय–३ का ३० वर्षीय सइन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । 
उनका अनुसार शुक्रबार साँझ ६ः१५ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति–४ मा इलामबाट झापातर्फ आउँदै गरेको मे१च ६८३३ नंको पिकअप गाडीमा माथिबाट छुर्पी र घिउको बोराले छोपेर अवैध औषधि ल्याउँदै गर्दा राई पक्राउ परेका हुन् । उनका साथबाट रु ७०  लाख ७७ हजार ९४४ बराबरको ११ प्रकारका औषधि बरामद गरिएको छ ।
बरामद औषधि र पिकअप गाडीको मूल्य रु आठ लाख मूल्याङ्कन गरी थप अनुसन्धानका लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगर पठाइने मोरङ पठाउने तयारी भइरहेको उनले बताए । 

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १८:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार