सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली, २८ फागुन । नयाँ दिल्लीमा शनिबार बिहान भएको आगलागीमा परेर कम्तीमा पनि सातको ज्यान गएको छ । प्राप्त समाचारअनुसार शनिबार भारतीय राजधानी नयाँदिल्ली सहरबाट उत्तरतर्फ रहेको गोकल्पुर भन्ने स्थानमा रहेका घर टहरामा शनिबार बिहान अकस्मात आगो लागेको थियो । सो आगोले कम्तीमा पनि सात जनाको ज्यान लिएको र अरु केही घाइते भएका अधिकारीले जनाएका छन् । एकजना उद्धारकर्मीले दिएको जानकारीअनुसार सो क्षेत्रमा ६० वटा घर टहरा रहेका र ती सबैलाई आगोले छोएको थियो । आगो ती सबै घरमा पुगेको र पछि दमकलले नियन्त्रणमा लिएको ती अधिकारीले जानकारी दिए । के कति कारणले आगो लागेको हो भन्ने बारेमा प्रहरीले अुनसन्धान थालेको जनाएको छ । त्यसैगरी यहाँ भएको क्षतिको विवरण पनि सङ्कलन भइरहेको तथा आगोबाट बचेका केही सरसामान हटाउने क्रम जारी रहेको ती अधिकारीले बताएका पनि समाचारमा जनाइएको छ ।– रासस/सिन्ह्वा