श्रीलङ्काका विद्यालयमा कोरोनासम्बन्धी प्रतिबन्ध खुकुलो

शुक्रबार, फागुन २७, २०७८

कोलम्बो, २७ फागुन । श्रीलङ्कामा कोरोनाभाइरस नियन्त्रणका लागि लागू गरिएको प्रतिबन्धात्मक व्यवस्था खुकुलो बनाइने भएको छ । 
शिक्षा मन्त्रालयले यही मार्च १४ देखि विद्यालयमा प्रतिबन्धात्मक व्यवस्थाहरूमा खुकुलो बनाउने निर्णय भएको जनाएको छ । भीडभाड हुन नदिने, सेनिटाइजर प्रयोग गर्नुपर्ने लगायतका व्यवस्था भने लागू गरिरहनु पर्ने मन्त्रालयद्वारा जारी सूचनामा जनाइएको छ ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  २२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार