मेक्सिकोमा गोली प्रहार गरी १० जनाको हत्या

शुक्रबार, फागुन २७, २०७८

मेक्सिको, २६ फागुन : मेक्सिकोमा गोली हानेर १० जनाको हत्या गरिएको समाचार छ ।  मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधबार गोली हानेर एकै घरका १० को ज्यान लिइएको प्रहरीले जनाएको छ । मध्यमेक्सिकोको एट्लिक्सकोमा भएको सो हत्याकाण्डको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । 
उक्त सहरको एक निजी बस्तीमा भएको सो हत्याकाण्डमा तीन जना महिला पनि रहेका छन् । पुएबला प्रान्तको न्यायाधिवक्ताको कार्यालयले सो घटनाको अनुसन्धान सुरु भएको र यसमा लागू औषधका कारोबारीको हात रहेको अनुमान गरिएको बताएको छ । 
मारिएका नौ जनालाई नै टाउको, खुट्टा र छातीमा गोली हानिएको सो कार्यालयले जानकारी दिएको छ । हत्या गरिएको सो घरको वरपर यसअघि पनि लागू पदार्थको किनबेच गर्ने गरिएको थियो । 
त्यसैले यो हत्याकाण्ड पनि लागू पदार्थको किनबेचमा सङ्लग्न समूहको झगडाका कारण हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । मारिएकाको पहिचान हुन सकेको छैन ।  तीमध्ये कतिपय सोही घरका भए पनि सबैजना भने नभएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।-रासस/सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  ०४:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार