नंगचा प्याखंको अक्षयकोषलाई ललितपुर महानगरको १० लाख सहयोग

बिहीबार, फागुन २६, २०७८

ललितपुर, २६ फागुन । ललितपुर महानगरपालिकाले बुङमतीमा  दसैंको फूलपातीको दिन देखाइने नांगचा प्याखं नाचको अक्षयकोषका लागि १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । वि.सं.२०६७ देखि पुरात्व विभागको आर्थिक सहयोग उक्त नाच देखाइएको नाच व्यवस्थापन समितिका अध्यक्ष पुष्टराज महर्जनले बताए । पुरातत्वको सहयोग गर्नुअघि ६३ वर्षसम्म उक्त नाच देखाइएको थिएन । व्यवस्थापन समितिका अध्यक्ष पुष्टराज महर्जनले भने, ‘यो रकमले लोप हुने अवस्थामा पुगेको नाचलाई निरन्तर दिने भयो, यसका लागि महानगरका मेयरसाबलाई धेरै धन्यवाद ।’ महानगरप्रमुख चिरीबाबु महर्जनले नाच व्यवस्थापन समितिका अध्यक्ष पुष्टराज महर्जनलाई चेक हस्तान्तरण गरे । नगरप्रमुख महर्जनले नाच, जात्रा अमूर्त सम्पदा भएको बताउँदै यी सम्पदाको निरन्तरताको लागि सहयोग गरेको प्रट पारे । उनले भने, ‘आर्थिक अभावमा नाच, जात्राको निरन्तरता नरोकियोस् भनेर अक्षयकोषको लागि रकम दिएका हौं ।’ अमूर्त सम्पदा र मूर्त सम्पदाबीच अन्योन्याश्रित सम्बन्ध रहेको प्रमुख महर्जनले बताए । महानगरले कात्तिक नाचको अक्षयकोषको लागि एक करोड, हरिसिद्धि नाचको अक्षयकोषको लागि ५० लाख, रुद्रायणी नाचको अक्षयकोषको लागि ५० लाख हस्तान्तरण गरिसकेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  १५:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार