आगो ताप्ने क्रममा जलेर मृत्यु

बिहीबार, फागुन २६, २०७८

पाल्पा, २६ फागुन । माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । लुगामा आगो सल्किन गई घुँडा भन्दामाथिको जलेको थियो । उपचारका क्रममा उनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका  सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताए । कुमालको यही फागुन ८ गते घरमा जलेर घाइते भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  १४:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार