वसन्तपुरमा विधिवत सुरु भयाे चीर फागु

बिहीबार, फागुन २६, २०७८

काठमाडाैं, २६ फागुन : रंगको पर्व फागु आज बिहीबार विधिवत सुरु भएकाे छ । आज काठमाडौंको वसन्तपुरस्थित हनुमानढाेका दरबारकाे गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याएसँगै देशभर फागुको विधिवत सुरुवात भएकाे हाे ।

याे पर्व फाल्गुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म अर्थात् आठ दिन मनाइन्छ । अन्तिम दिन चीर ढालिएसँगै पर्व समापन गरिन्छ ।

फाल्गुन पूर्णिमाको दिन मनाइने होली यो वर्ष पहाडी क्षेत्रमा चैत ३ गते र तराई भेगमा चैत ४ गते मनाइने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  १४:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार