दाङमा कार र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु 

बुधबार, फागुन २५, २०७८

काठमाडौं, २५ फागुन : दाङको लमही नगरपालिका–३ बनगाउँमा मंगलबार राति कार र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–१ भालुवाङका २५ वर्षीय नरेन्द्र जिसी रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लमही स्थित लमही अस्पतालमा मृत्यु भएको हो । 

मंगलबार राति ९ बजे भालुवाङबाट लमहीतर्फ जाँदै गरेको बा १० च २५ ८१ नम्बरको कारले बिपरित दिशाबाट आउँदै गरेको रा ६ प ६८ ४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

कार चालक फरार भएकोले खोजी भइरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० रहरपुरमा मंगलबार राति मोटरसाइकल अनियन्त्रीत भएर पल्टीदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

एयरपोर्ट देखी सानो सुर्खेत रहरपुर तर्फ जादै गरेको भे२प २९ ३४ नम्बरको मोटरसाइकल गएराती साढे १२ बजे पल्टीएको हो । 

दुर्घटनामा मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–७ का १९ बर्षीय चन्द्र बहादुर सिंजाली र पछाडी बस्ने वीरेन्द्रनगर नगरपालिका–१२ का २१ बर्षीय बल बहादुर कामी घाइते भएका थिए ।

उनीहरुलाई उपचारको लागी कर्णाली प्रदेशीक अस्पताल कालागाँउ सुर्खेत पठाइएको थियो । चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १२:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार