करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु

मंगलबार, फागुन २४, २०७८

सुर्खेत, २४ फागुन । करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर–९ का ३४ वर्षीय रतन कोइरालाको करेन्ट  लागेर मृत्यु भएको हो । कर्णाली प्रदेश प्रहरीका अनुसार वीरेन्द्रनगर–१० का अमन उल्ला अन्सारीको घरमा टायल लगाउने क्रममा सोमबार दिउँसो साढे ३ बजेतिर कोइरालालाई करेन्ट लागेको थियो ।

अन्सारीको घरको छतबाट भर्‍याङ्ग भुईमा झार्दै गर्दा बिजुलीको तारमा छाेएर करेन्ट लागेको प्रहरीले जनाएको छ । उनकाे देउती नर्सिङ होम उपचारको क्रममा सोमबार साँझ ७ बजे मृत्यु भएको हाे । 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १५:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार