सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुरधाम, २४ फागुन । अंगिकृत नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने माग गर्दै धनुषामा प्रर्दशन गरिएको छ ।
लामो समयदेखि संसदमा रहेको नागरिकता विद्येयक तत्काल पारित हुनुपर्ने माग गर्दै साेमबार धनुषाका ढल्केवरस्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका हुन् ।
‘संविधानको धारा लागू गर, नागरिकता विधेयक पारित गर, गैर नागरिक बनाउन पाइँदैन, पहिचान खोस्न पाइदैन, जन्मसिद्ध नागरिकका सन्तालाई वंशजको आधारमा नागरिकता दे’ लगायतका नारा उल्लेखित ब्यानर तथा प्लेकार्ड बोकेर प्रदर्शनकारीहरुले नाराबाजी गर्दै राजमार्ग अवरुद्ध गरेका थिए ।
प्रदर्शनको क्रममा इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएका प्रहरी टोलीले नागरिकता विहिन सङ्घर्ष समिति नेपालका केन्द्रीय संयोजक जित साफीसहित तीनजनालाई पक्राउ समेत गरेको थियो । पक्राउ पर्नेमा नागरिकता विहिन संघर्ष समितिका संयोजक साफी, रविन्द्र कुशवाहा र अशोक साह रहेका छन् ।
प्रदर्शनको नाउँमा चक्का जाम गरेपछि उनीहरुलाई पक्राउ गरी दुई घण्टापछि रिहा गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताए ।
संघर्ष समितिले जन्मसिद्ध नागरिकका सन्तालाई वंशजको आधारमा नागरिकता दिनु पर्ने र आमाको नामबाट समेत नागरिकता दिनु पर्ने मागसहित दवाव मुलक सातदिने आन्दोलनको कार्यक्रम तय गरेको छ ।