बम राखिएको हल्लापछि बिहीबार ताजमहल बन्द

बिहीबार, फागुन २०, २०७७

नयाँदिल्ली । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको छ । यहाँका स्थानीय सञ्चारमाध्यमले सो समाचारपछि बिहीबार बिहानदेखि अहिलेसम्म बन्द गराइएको बताएका छन् । साथै सो ताजमहलभित्र रहेका विभिन्न विदेशी तथा स्वदेशी पर्यटकलाई बाहिर निस्किन स्थानीय सुरक्षा अधिकारीले सूचना जारी गरेका छन् । बिहीबार सो ताजमहलमा कम्तीमा पनि एक हजार जना पर्यटक रहेका र उनीहरुलाई सो ताजमहलको परिसरबाट बाहिर निस्किन सूचना जारी गरिएको थियो । एकजना अज्ञात व्यक्तिले त्यहाँ बम रहेको सूचना फोनबाट यहाँका स्थानीय सुरक्षा अधिकारीलाई गराएका थिए । त्यसपछि उक्त स्थान खाली गराएर बम रहे नरहेको बारेमा अनुसन्धान गर्ने काम भइरहेको पनि अधिकारीले जानकारी दिएका छन् ।  बमको यो हल्लाले पर्यटकीय सहर आग्रामा पनि सतर्कता अपनाइएको छ । उक्त ताजमहल यहाँका मुगल सम्राटले आफ्नी श्रीमती मुमताज महलको स्मृतिमा सन् १६५३ मा निर्माण गरेका हुन् ।–सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  २०:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार