श्रीमतीलाई एसिड प्रहार गर्ने गुभाजु पक्राउ

सोमबार, फागुन २३, २०७८

भक्तपुर, २३ फागुन । श्रीमतीलाई एसिड प्रहार गर्ने श्याम गुभाजु पक्राउ परेका छन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका–४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षीय गुभाजुले श्रीमतीलाई एसिड प्रहार गरी कुटपिटसमेत गरेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले गुभाजुले श्रीमतीमाथि केमिकल (रसायन) शरीरमा प्रहार गरी घाइते बनाएको जनाएको छ । एसिड प्रहार भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीले घाइतेलाई बर्न अस्पताल कीर्तिपुर लगिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  ११:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार