जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री

सोमबार, फागुन २३, २०७८

जुम्ला, २३ फागुन  । चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपाने (महतले) जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान गरिएकी छन् । 'जनतासँग नगर उपप्रमुख' कार्यक्रम अन्तर्गत २ सेट भलिबल, ४ सेट ब्याटमिन्टन र १ सेट क्यारेमबोर्ड प्रदान गरिएकाे हाे ।  शुद्ध खानेपानीका लागि ५ वटा फिल्टरसमेत दिइएको चन्दननाथ नगरपालिकाले जनाएको छ ।

उपमेयर न्यौपानेले कारागारका कैदीबन्दीलाई भेटर कारागार भित्रका समस्याका बारेमा जानकारीसमेत लिएकी  छन् ।  जुम्ला कारागारमा १ सय १४ जना कैदीबन्दी छन् । कारागारका कैदी खड्कजीत रोकायाले खेलकुद सामग्रीले निकै राहत भएको बताए ।

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार