भारतमा कोरोनाभाइरसबाट थप पाँच हजार ४७६ सङ्क्रमित

आइतबार, फागुन २२, २०७८

नयाँदिल्ली, २२ फागुन । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप पाँच हजार ४७६ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।  योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ५९ हजार ४४२ पुगेको अधिकारीले जनाएका छन् । भारतको सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा नौ हजार ७५४ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । 
एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २३ लाख ८८ हजार ४७५ पुगेको छ ।
कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १५ हजार ३६ को मृत्यु भएको छ । तीमध्ये १५८ को पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।  
गत शनिबार एक दिनमा भारतमा नौ लाख नौ हजार ९८५ को कोरोना परीक्षण गरिएको छ । भारतमा कोरोना शुरु भएबाट हालसम्म ७७ करोड २८ लाखभन्दा बढी व्यक्तिको कोरोना परिक्षण भइसकेको छ । 
यहाँ गत २४ घण्टामा २६ लाख १९ हजार ७७८ डोज कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म एक अर्व ७८ करोड ८३ लाख ७९ हजार २४९ डोज खोप लगाइएको छ ।–रासस/एएनआई
 

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  २२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार