सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २२ फागुन । साउदी अरेबियाले नेपाल वायुसेवा निगम ९नेवानि०लाई उडान अनुमति प्रदान गरेको छ । साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले आज नेवानिलाई आज उडानको अनुमति दिएको हो । जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ । यसैबीच नेवानिले आज एक विज्ञप्ति जारी गरी आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ ।