आगलागीबाट करोड भन्दा बढीकाे क्षति भएको प्रारम्भिक अनुमान

आइतबार, फागुन २२, २०७८

दमौली, २२ फागुन . तनहुँको व्यास नगरपालिका–४ मुख्यचोकस्थित हार्डवेयरको गोदामबाट सल्किएको आगोले करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मुख्यचोकस्थित भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भीषण आगलागी हुँदा करोडबढी मूल्यको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो । 
हार्डवेयर पसलबाट सल्किएको आगोले नजिकका घरहरूमा पनि क्षति पुगेको छ । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले अत्यन्तै ठूलो क्षति भए पनि एकीन विवरण आउन बाँकी रहेको बताP . “क्षतिको आँकलन गर्न सक्ने अवस्था नै छैन, ठूलो क्षति छ”, उgn] eg], “केही दिनमा क्षतिको यथार्थ विवरण आउला ।”
जिल्ला प्रहरी कार्यालय तनहुँले क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जानकारी दिएको छ । प्रहरी नायब उपरीक्षक युवराज खड्काले क्षतिको विवरण प्राप्त नभइसकेको बताउँदै विवरण लिने काम भइरहेको जानकारी दिP . आगलागीको कारण पनि नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट हार्डवेयरको गोदाम पूर्ण रूपमा क्षति भएको छ । उक्त वरपरका अन्य नौ वटा घर आंशिक रूपमा क्षति भएको र तनहुँसुर मिनी मार्केटको दुई वटा सटरमा आंशिक क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । आगलागी नियन्त्रणका क्रममा स्काभेटरले तीन वटा टहराहरू भत्काएको प्रहरी नायब उपरिक्षक खड्काले जानकारी दिP। 
आगलागी नियन्त्रणका लागि प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीको नेतृत्वमा १०० जनाको टोली, जिल्ला प्रहरी कार्यालय लमजुङ र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब महानिरीक्षक घटनास्थलमा खटिएका थिए । आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभञ्जन गण -इ_, सशस्त्र प्रहरी बल र स्थानीयवासीले पनि सहयोग पु¥याएका थिए । 
आगलागी नियन्त्रणका लागि व्यास नगरपालिका, पोखरा महानगरपालिका र लमजुङबाट आएको दमकल प्रयोग गरिएको थियो । बिहान १० बजेदेखि सुरु भएको आगलागी दिउँसो २ बजेपछि पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

आगलागीको घटनाप्रति श्रममन्त्री श्रेष्ठद्वारा दुःख व्यक्त
दमौली मुख्यचोकमा आइतबार बिहान आगलागीको घटनाप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दुःख व्यक्त ग/]sf 5g\ .  आगलागी भएको केही समयपछि आगो निभाउन सिम्रिक एयरको हेलिकप्टरबाट दमौली आएका मन्त्री श्रेष्ठले पीडितलाई भेटी दुःख व्यक्त ग/]sf x'g\ . मन्त्री श्रेष्ठले पीडित परिवारलाई सरकारका तर्फबाट उचित क्षतिपूर्ति दिइने प्रतिबद्धता व्यक्त ग/]sf 5g . “अब बस्ने मन्त्रिपरिषद् बैठकमा आगलागी पीडितलाई क्षतिपूर्ति प्रदान गर्नका लागि पहल गर्छु”, श्रेष्ठले eg] . 
जनतालाई परेको पीरमर्कामा अहिलेको गठबन्धनको सरकार क्रियाशील भएर काम गर्ने बताउँदै मन्त्री श्रेष्ठले भg], “सरकार जनताको अभिभावक हो, जनतालाई परेको पीरमर्कामा सरकार सधैंँ जनताको साथमा छ ।” 
o;}u/L गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विक, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमन्त्री गोविन्दराज जोशी, शङ्कर भण्डारी, नेकपा एमाले केन्द्रीय सदस्य भगवती न्यौपाने लगायतले उक्त घटना पनि दुःख व्यक्त उचित क्षतिपूर्तिका लागि सरकारसमक्ष पहल गर्ने बताएsf 5g\ . 
 

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  २१:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार