देशभर थपिए ६८ संक्रमित, दुईको मृत्यु

आइतबार, फागुन २२, २०७८

काठमाडौं, २२ फागुन । नेपालमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ९ सय २९ जनामा र्गिरएको परीक्षामा उक्त संख्यामा कोरोना संक्रमित फेला परेका हुन् ।३१३५ जनाको पिसिआर परिक्षणका क्रममा ५४ जना र १ हजार ७ सय ९४ एन्टीजेन परिक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ। त्यस्तै थप ५ सय ३८ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ४ सय ६१ सक्रिय संक्रमित आइशोलेशन तथा १०८ जना क्वारेन्टाइन्मा रहेको मन्त्रालयले जनाएको छ । सोही अवधिमा ८८५६६ जनाले खोप लगाएका छन् ।  

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १७:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार