पल शाहलाई थप १२ दिन थुनामा राख्न अदालतको अनुमति 

आइतबार, फागुन २२, २०७८

तनहुँ, २२ फागुन : नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । 

जिल्ला प्रहरी कार्यालयको न्यायिक हिरासतमा रहेका आरोपी शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत तनहुँले अनुमति दिएको हो ।

यसअघि अदालतले उननलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न तनहुँ प्रहरीलाई म्याद दिएको थियो । 

नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि एक साताअघि १५ फागुनमा शाहले तनहुँ प्रहरी गिरफ्तारी दिएका थिए । 

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १६:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार