बलात्कार आरोपी एमालेका मोहन बानियाँको सांसद पद निलम्बन

आइतबार, फागुन २२, २०७८

काठमाडौं, २२  फागुन : बलात्कार गरेको आरोपमा पक्राउ परेका एमालेका मोहन बानियाँको सांसद पद निम्बनमा परेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन् । 

मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बानियाँमाथि एक शिक्षिकाले बलात्कारको उजुरी दिएपछि पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

उनी जिल्ला प्रहरी कार्यालय बाँकेको न्यायिक हिरासतमा छन् । 

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १४:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार