बनस्थलीमा तरकारी तथा फलफुलका ७० वटा स्टलहरू जलेर नष्ट

आइतबार, फागुन २२, २०७८

काठमाडौं, २२ फागुन : काठमाडौं महानगरपालिका–१६ बनस्थली ढुङ्गेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफुल टहराहरूमा गएराति आगलागी हुँदा ७० वटा स्टलहरू जलेर नष्ट भएका छन् । 

आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ५ वटा दमकल तथा स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । 

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १४:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार