आज प्रतिनिधिसभा बैठक

आइतबार, फागुन २२, २०७८

काठमाडौं, २२ फागुन : प्रतिनिधिसभाकाे बैठक आज आइतबार दिउँसाे बस्दैछ । दिउँसाे १ बजे बस्ने बैठकका सम्भावित कार्यसूची सार्वजनिक भएको छ । जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।

संसद बैठक अघि सभामुख अग्नि सापकाेटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बाेलाएका छन् । 

प्रमुख प्रतिपक्ष एमालेले गत २३ भदौदेखि लगातार संसद् अवरोध गर्दै आएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  ०७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार