सोसल मिडिया
Contact Us
युनिकोड
मस्को, २१ फागुन । यूक्रेनी आकाशलाई ‘उडान निषेधित क्षेत्र’ घोषणा गर्ने मुलुकले द्वन्द्वको सामना गर्नुपर्ने रूसले जनाएको छ । यूरोपेली संघमा आवद्ध कतिपय मुलुकसहित अमेरिका र बेलायतमा यूक्रेनी आकाशलाई ‘उडान निषेधित क्षेत्र’ घोषणा गर्नुपर्ने आवाजहरू सुनिन थालेका समय रूसी राष्ट्रपति पूटिनको उक्त चेतावनीपूर्ण अर्को भनाइ आएको हो । रूसको यूक्रेनी भूगोलमा बमबारी रोक्न सहयोग गर्न युक्रेनी आकाशलाई विदेशी उडान निषेधित क्षेत्र लागू नगर्ने उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले जनाएको भए पनि नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले कीभमा रूसको बमबारी रोक्न सहयोग गर्न आह्वान गरेपछि गठबन्धनले यूक्रेनमाथि उडान निषेधित क्षेत्र लागू नगर्ने बताएको एक दिनपछि पूटिनको यो भनाइ आएको हो । “उडान निषेधित क्षेत्र कार्यान्वयन गरेमा नेटो सैनिक विमानहरूलाई युक्रेनको आकाशमा पठाउनु र त्यसपछि रूसी विमानहरूलाई झार्नु पर्ने स्टोल्टेनबर्गले नेटो विदेश मन्त्रीहरूसँगको बैठकपछि बताउनुभएको थियो । यद्यपि उक्त बिषयमा इयू नेताहरूबीच छलफल चलिरहेको बताइएको छ । शुक्रबार उहाँले निषेधित क्षेत्र घोषणा गरेमा यूरोपमा युद्धको अन्त गर्न सक्ने केही कुरा नहुने र यूरोपमा थुप्रै राष्ट्रहरू युद्धको भुमरीमा पर्ने र मानव दुःखकष्ट थप चर्किने बताउनुभएको थियो । नेटो सदस्यहरूले गठबन्धनको घेरालाई बलियो बनाउन पूर्वी युरोपमा हजारौं फौजलाई पठाएको छ । तर सैनिक नै उतार्न अस्वीकार गरिरहेको छ ।–रासस/एएफपी