रुसले युद्धविराम लागू गरेन, मारिओपोबाट सर्वसाधारणलाई बाहिर लैजाने काम रोकियो

शनिबार, फागुन २१, २०७८

काठमाडौं, २१ फागुन : रुसले अस्थायी युद्धविराम कार्यान्वयन नगरेको भन्दै मारिओपोबाट सर्वसाधारणलाई बाहिर लैजाने काम रोकिएको छ ।  स्थानीय अधिकारीले सर्वसाधारणलाई मारिओपोबाट बाहिर लैजाने काम स्थगित गरिएको जनाएका छन् । 

रुसी पक्षले अस्थायी युद्धविरामलाई लागू नगरेको आरोप लागेको छ । उक्त क्षेत्रमा बमबारी र निकासको क्षेत्रमा युद्ध भइरहेको जनाइएको छ ।  उनीहरूले नागरिकहरू फरकफरक ठाउँमा गएर आश्रय लिनुपर्ने भन्दै छिट्टै थप जानकारी दिइने समेत जनाएका छन् ।

त्यसअघि उक्त शहरका एक बासिन्दाले आफूले प्रत्येक तीनदेखि पाँच मिनेटमा एउटा बम पड्किएको आवाज सुनेको बताएको बीबीसीले उल्लेख गरेको छ ।- एजेन्सी 

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  २१:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार