भारतमा कोरोनाभाइरसबाट थप पाँच हजार नौ सय सङ्क्रमित

शनिबार, फागुन २१, २०७८

नयाँदिल्ली, २१ फागुन भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ ।  सरकारी अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा थप पाँच हजार ९२१ सङ्क्रमित भएका छन् ।  योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ६३ हजार ८७८ पुगेको अधिकारीले जनाएका छन् ।  भारतको सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ११ हजार ६५१ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।  एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २३ लाख ७८ हजार ७२१ पुगेको छ । कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १४ हजार ८७८को मृत्यु भएको छ । तीमध्ये २८९ को पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।  गत शुक्रबार एक दिनमा भारतमा नौ लाख ४० हजार ९०५को कोरोना परीक्षण गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  २०:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार