सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २१ फागुन । परराष्ट्रमन्त्री डा नारायण खड्का र बेलायतका विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री लर्ड अहमदबीच टेलिफोन संवाद भएको छ । उनीहरूबीच भएको वार्तामा नेपाल र बेलायतबीचको आपसी सहयोगका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा परराष्ट्रमन्त्री डा खड्काले कोभिड विरुद्धको खोप सहयोगप्रति बेलायत सरकारलाई धन्यवाद व्यक्त गरे । उनीहरूबीच क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा आपसी सहयोग र जलवायु परिवर्तनलगायतका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व अर्थतन्त्रबाट अलग्गिने खतरा ट¥यो : गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसि)बीच भएको सम्झौता संसद्बाट पारित भएपछि नेपाल विश्व अर्थतन्त्रबाट अलग्गिने खतराबाट जोगिएको बताएका छन् । भैरहवास्थित पक्लिहवा माविको वार्षिकोत्सव गृहमन्त्री खाँणले भने, “एमसिसी यदी पास नगरेको भए डलर सञ्चिती घट्दै जान्थ्यो । डलरको कारोबारमा सङ्कट आउँथ्यो जसले विश्व अर्थतन्त्रबाट नेपाल अलग्गिने खतरा थियो । त्यो अवस्थामा डलर चलाउन नसकिने अवस्था हुन्थ्यो । यसैले यी जटिलताबाट मुलुक जोगिएको छ ।” उनले एमसिसीबारे अनावश्यक भ्रम फैलाएको तर्क गर्दै सडक र विद्युत्को क्षेत्रमा काम गर्ने गरी सरकारले एमसिसी सम्झौता गरेको स्पष्ट पारे । उनले भने, “पहिलो चरणमा विद्युत् र बाटोको सडक स्तरोन्नतिका लागि सहयोग आएको हो ।” मन्त्री खाँणले एमसिसी सैन्य प्रयोजनमा नजानेसमेत जानकारी दिए । उनले भने, “यो सहयोग कुनै सैन्य प्रयोजनमा जाँदैन । पाँच वर्षभित्र सम्पूर्ण रकम सदुपयोग होस्, कुनै अनियमितता नहोस्, सडक र विद्युत् ट्रान्समिशन टावर निर्माणमा खर्च होस् भनेर केही कन्डिसन राखेको हो । यो ऋण होइन, सहयोग हो ।” नेपाली कांग्रेसका खाँणले अनावश्यक विरोध गर्दा विदेशी सहयोग रोकिएको स्मरण गर्दै भने, “अरुण तेस्रो धेरै विरोध गरेर त्यो योजना सफल भएन, काली गण्डकी परियोजनामा पनि त्यस्तै विरोध भयो, परियोजना सुरु नहँुदै धेरै जुलुस निस्किए तर परियोजनास्थलकै जनताकै कारण त्यो बल्ल चल्यो, अनि यतिबेला फेरी एमसिसीको विरोध चलेको थियो ।” गृहमन्त्री खाँणले पक्लिहवा माविकै कारण बस्ती विकास, शैक्षिक अवस्था सुधार भएको बताउनुभयो । उहाँले पक्लिहवा माविको विकासको लागि प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्थापन गर्ने तथा सङ्घीय सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका शिक्षा, खेलकुदमन्त्री वसिउद्विन खानले विद्यालय सुधार कार्यक्रमको लागि प्रदेश सरकार लागि परेको बताए । सो अवसरमा विद्यालयमा कार्यरत कर्मचारी, शिक्षक तथा पूर्वअध्यक्षलाई सम्मानसमेत गरिएको थियो ।