करापुटारको ईशानेश्वर महादेव मन्दिरमा १ सय ८ धारा निर्माण

शुक्रबार, फागुन २०, २०७८

लमजुङ,  २० फागुन : लमजुङको मध्यनेपाल नगरपालिका-७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा १ सय ८ धारा निर्माण गरिएको छ । मन्दिर परिसरमा १ सय ८ वटा ढुंगाको धारा निर्माण गरिएको इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले जनाएको छ । समितिका अध्यक्ष रामचन्द्र घिमिरेका अनुसार यसै बर्षको शिवरात्रीदेखि धारा संचालनमा आएको हो ।

मध्यनेपाल नगरपालिका र स्थानीयबासीको सहयोगमा धारा निर्माण भएको हो । धाराका लागि स्थानीयले ५० हजार देखि १ लाख ११ हजार १ सय ११ रुपियाँसम्म सहयोग गरेका छन् । १ सय ८ जनाले आफ्नो र परिवारको नाममा धारा निर्माण गरेका छन् ।

शिलालेखमा एकल नाम राख्नेले ५० हजार, श्रीमानश्रीमतिको नाम राख्न चाहनेले ७५ हजार रुपियाँ र परिवारको नाम शिलालेखमा राख्न चाहनेले १ लाख ११ हजार १ सय ११ रुपियाँ सहयोग गरेका छन् । आधा रकम उठ्न बाँकी रहेको समितिले जनाएको छ । उक्त रकमबाट भक्तपुरबाट ढुंगा ल्याएर धारा निर्माण, जग्गा खरिद, मन्दिर व्यवस्थापनको काम गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  ११:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार