सुनको भाउ चार सय रुपैयाँले बढेर एक लाख नजिक

बिहीबार, फागुन १९, २०७८

काठमाडौँ, १९ फागुन : नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोला चार सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार नौ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । बुधबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ८० रुपैयाँ  निर्धारण भएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  ११:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार