संसद् बैठक सुरु भएलगत्तै एमाले सांसदको नाराबाजी

बुधबार, फागुन १८, २०७८

काठमाडौं, १८ फागुन  : प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । बुधबार दिउँसाे १ बजे बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । 

गत २३ भदौदेखि एमाले सांसदले संसदमा अवरोध गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारीविपरीत कारबाहीमा परेका आफ्ना १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सांसदले नाराबाजी गर्दै आएका हुन् । 

संसद बैठक आइतबारसम्म स्थगित 

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ पेस गरिएको छ । 

एमाले सांसदको नाराबाजीकाबीच सो प्रतिवेदन पेस गरिएको थियो । तत् पश्चात सभामुख अग्निप्रसाद सापकोटाले २२ फागुन आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार