एनएनआइपिए स्पोर्टस् अवार्ड – १५ पुरुष र १२ महिला खेलाडी उत्कृष्ट

बुधबार, फागुन १८, २०७८
Global Ime Bank

ललितपुर । एनएनआइपिए स्पोर्टस अवार्ड २०७७ मा २७ खेलका १५ पुरुष र १२ महिला उत्कृष्ट खेलाडी चुनिएका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ ९एनएनआइपिए० को आयोजनामा मंगलबार ललितपुरको गोदावरी नगरपालिकास्थित ब्रज बाराही मन्दिर परिसरमा भएको १६ औं एनएनआइपिए अवार्डमा विभिन्न २७ खेलका उत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत भएका थिए ।


यसअघिको भन्दा यसपटक खेलाडी छनोट केहि भिन्न रहेको एनएनआइपिएले जनाएको छ । गत वर्ष कोभिड–१९ का कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका अफिसियल खेलकुद प्रतियागिताहरु नभएको हुँदा नेपाल ओलम्पिक कमिटी ९एनओसी० बाट आधिकारिकता प्राप्त २७ खेलहरुलाई आधार मानी यस पटक ती खेलका खेलाडीलाई पुरस्कृत गरिएको हो । सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडी छानिएका थिए ।

आर्चरीकी ज्ञानु अवाले, एथलेटिक्सका किरणसिंह बोगटी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बक्सिङकी सुष्मा तामाङ, बास्केटबलकी सदिना श्रेष्ठ, साइक्लिङका राजेश मगर, फेन्सिङकी अनिता कार्की, गल्फका करिष्मा शाह, ह्यान्डबलका विशाल बस्नेत, हक्कीकी अन्जना चन्द, जिम्न्याष्टिकका रोशन बुढाथोकी, करातेका विप्लभ श्रेष्ठ र र्याफटिङ एन्ड क्यानोइङका सुमन तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

त्यस्तै जुडोकी सुमित्रा राई, स्कीका सफलराम श्रेष्ठ, पौडीका अनुभव सुब्बा, सुटिङका कृष्ण थापा, कबड्डी नागेश्वर थारु, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, तेक्वान्दोकी पार्वती गुरुङ, ट्राइथोलनका हिमाल टमाटा, लन टेनिसकी अभिलाषा विष्ट, फुटबलका विराज महर्जन, भलिबलकी अरुणा शाही, भारोत्तोलनकी कमला श्रेष्ठ, उसुकी निमा घर्तीमगर र कुस्तीका सुरेश चुनारा उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्टले अवार्डसहित जनही १० हजार रुपैयाँ प्राप्त गरे ।

एनएनआइपिए स्पोर्टस अवार्ड २०७७ का उत्कृष्ट खेलाडी

१. आर्चरी – ज्ञानु अवाले

२.एथलेटिक्स – किरणसिंह बोगटी

३. ब्याडमिन्टन – प्रिन्स दाहाल

४. बक्सिङ – सुष्मा तामाङ

५. बास्केटबल – सदिना श्रेष्ठ

६. साइक्लिङ – राजेश मगर

७. फेन्सिङ – अंकिता कार्की

८. गल्फ – कष्मिरा शाह

९.ह्यान्डबल – विशाल बस्नेत

१०. हक्की – अन्जना चन्द

११. जिम्न्याष्टिक – रोशन बुढाथोकी

१२. कराते – विप्लभ श्रेष्ठ

१३. र्याफटिङ एन्ड क्यानोइङ – सुमन तामाङ

१४. जुडो – सुुमित्रा राई

१५. स्की – सफलराम श्रेष्ठ

१६. पौडी – अनुभव सुब्बा

१७. सुटिङ – कृष्ण थापा

१८. कबड्डी – नागेश्वर थारु

१९. टेबल टेनिस – स्यान्टु श्रेष्ठ

२०. तेक्वान्दो – पार्वती गुरुङ

२१. ट्राइथोलन – हिमाल टमाटा

२२. लन टेनिस – अभिलाषा विष्ट

२३. फुटबल – विराज महर्जन

२४. भलिबल – अरुणा शाही

२५. भारोत्तोलन – कमला श्रेष्ठ

२६. उसु – निमा घर्तीमगर

२७. कुस्ती – सुुरेश चुनारा

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १३:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार