सभामुख अग्निप्रसाद सापकोटाको पक्षमा उभिन्छौँ : माधव नेपाल 

मंगलबार, फागुन १७, २०७८

काठमाडौं, १७ फागुन । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको पक्षमा उभिने बताएका छन् ।  मंगलबार पत्रकार सम्मेलन गरेर उनले सभामुख सापकोटाविरुद्ध महाअभियोग लगाउने विषयमा आफ्नो पार्टी सहमत नहुने बताएका हुन् ।  सभामुख सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बताइएका बेला उनले आफ्नो पार्टी संसदको गरिमा जोगाउने सभामुख सापकोटाको पक्षमा उभिने बताए ।  एमसीसीबारे देखिएको विवाद र आशंका घोषणापत्रले निवारण गरेको दाबी गरेका उनले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताए । 

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  १६:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार