राष्ट्रपति भण्डारी पशुपतिनाथमा 

मंगलबार, फागुन १७, २०७८

काठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथको दर्शन गर्न पाशुपत पुगेकी छन् । महाशिवरात्रिको अवसरमा मंगलबार अपरान्ह उनी पशुपतिनाथको दर्शन गर्न पुगेकी हुन् ।  महाशिवरात्रिका लागि दर्शनार्थीहरू मंगलबार बिहानैबाट लामवद्ध भई पशुपतिनाथको दर्शन गरिरहेका छन् ।  महाशिवरात्रिको अवसरमा मंगलबार पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको भिड लागेको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  १६:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार