मोटरसाइकल चोरी गरेर बेच्ने युवक पक्राउ 

मंगलबार, फागुन १७, २०७८

भक्तपुर, १७ फागुन । मोटरसाइल चोरी गरेर बेच्ने गरेको आरोपमा प्रहरीले उपत्यकाबाट एक युवकलाई पक्राउ गरेको छ । रामेछाप घर भई काभ्रेको बनेपा-१३ थापागाँउ बस्दै आएका १८ वर्षीय छिरिङ घिसिङलाई महानगरीय प्रहरी परिसर भक्तपुरले दुई वटा मोटरसाइकल र चारस्कुटरसहित पक्राउ गरेको हो । परिसरका सूचना अधिकारी राजु पाण्डेका अनुसार घिसिङले मोटरसाइकल र स्कुटी चोरी गरेर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  १३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार