धनगढीमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता हुने

मंगलबार, फागुन १७, २०७८
Global Ime Bank

कैलाली, १७ फागुन । कैलालीको धनगढीमा ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल’ प्रतियोगिता हुने भएको छ ।  सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा आगामी चैत ७ देखि १२ गतेसम्म भलिबल प्रतियोगिता हुने यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले रु चार लाख र उपविजेताले रु दुई लाख प्राप्त गर्ने छ ।  प्रतियोगितामा तेस्रो हुने टोलीले रु एक लाख र चौथो हुनेले रु ५० हजार पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई रु २० हजार तथा उदीयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु १० हजारबाट पुरस्कृत गरिने सिंहले बताए ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  ०६:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार