सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १७ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले महाशिवरात्रि पर्वले सबै नेपालीका बीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् । हिन्दू धर्मावलम्बीको पवित्र पर्व महाशिवरात्रि–२०७८ का अवसरमा शुभकामना दिँदै उनले हिन्दू धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहेका नेपाली दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । यसैगरी उपराष्ट्रपतिले नेपाली सेनाले आफूलाई सुदृढ, सशक्त र समयसापेक्ष आधुनिकीकरण गर्दै लैजाने विश्वास व्यक्त गरेका छन् । उनले नेपाली सेना दिवस–२०७८ को अवसरमा नेपाली सेनाका प्रधान सेनापतिसहित सकल दर्जामा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । आज महाशिवरात्रि पर्व तथा नेपाली सेना दिवस परेको छ ।–रासस