सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १६ फागुन : सरकारले छिमेकी देशहरू भारत र चीनसहित कुनै पनि मित्र राष्ट्रविरुद्ध आफ्नो भूभाग प्रयोग हुन नदिनेमा नेपाल प्रतिबद्ध रहेको जनाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको हो ।
मन्त्रिपरिषद् बैठकले राजनीतिक दलहरु, सभामुख र सांसदहरुलाई धन्यवाद व्यक्त गरेको छ।