सोसल मिडिया
Contact Us
युनिकोड
याङ्गुन । म्यान्माका विदेशमन्त्री यु वाना मुङ एलविन आसिएन (एसोसिएन अफ साउथ इस्ट एसियन नेसन्स) का विदेशमन्त्रीहरुको एक भर्चुअल बैठकमा सहभागी भएका छन् । मंगलबार भएको सो बैठकमा उनी सहभागी भएको म्यान्माका सरकारी सञ्चारमाध्यमले जानकारी दिएका छन् । उनी राज्य प्रशासन परिषदका प्रमुख तथा म्यानमारको प्रतिरक्षा सेवाका कमाण्डर इन चिफ जनरल मिन अङ एचलाइङद्वारा हालै विदेशमन्त्रीमा नियुक्त भएका हुन् । यहाँको सैनिकले गत फेब्रुअरी १ मा सत्ता विद्रोह गरेर म्यान्मारका राष्ट्रपति यु विन मियान्त र राज्य सल्लाहकार तथा विदेशमन्त्री आङ सान सूचीलाई नजरबन्दमा राखेर यहाँ सैनिक शासनको घोषणा गरेको थियो । यहाँको सैनिकले सत्ता हत्याएको छ । गत फेब्रुअरी १ देखि म्यान्मामा सैनिक शासनको घोषणा गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । यहाँको प्रजातान्त्रिक दलका सबैजसो केन्द्रीय तहका नेताहरुलाई यहाँको सरकारले नजरबन्दमा राखिएको छ । मंगलबार भएको सो भर्चुअल बैठकमा आसिएनका सबैजसो विदेशमन्त्रीहरुले म्यान्मालाई शान्ति र रचनात्मक कार्यका लागि सहयोग गर्ने बताएको म्यान्माका सरकारी सञ्चारले जानकारी दिएका हुन् ।–सिन्ह्वा