नेटोले युक्रेनलाई हतियार दिने

सोमबार, फागुन १६, २०७८

किभ, १६ फागुन । युक्रेनी सेनालाई नेटोका सदस्य राष्ट्रहरुले वायु रक्षा मिसाइल र एन्टि ट्यांक हतियार उपलब्ध गराउने नेटोका महासचिव जनरल जिन्स स्टोलेटनवर्गले बताएका छन् । 

अमेरिकी नेतृत्वको गठबन्धनले पनि युक्रेनलाई मानवीय र वित्तिय सहयोग प्रदान गरेको उनले बताएका छन् । सहयोगको बचन दिनुअघि महासचिव स्टोलेटनवर्गले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका थिए । 
 

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १६:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार