सोसल मिडिया
Contact Us
युनिकोड
राँझा, १६ फागुन । बाँकेको बैजनाथ गाउँपालिकामा चितुवाको छालासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बैजनाथ गाउँपालिका–५ बाट चितुवाको छालासहित स्थानीय यमबहादुर विश्वकर्मा तथा बर्दियाको मधुवन नगरपालिकाका आकाश परियार र लालबहादुर विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार, पैदल हिँडिरहेका उनीहरूलाई शङ्का लागेपछि जाँच गर्दा चितुवाको छाला भेटिएको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेर थप अनुसन्धान भइरहेको छ ।