सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १५ फागुन : नेकपा एमालेका नेता भीम रावलले एमसीसीमाथि सरकारले् गरेको व्याख्यात्मक घोषणा व्याख्यात्मक नभएर भ्रमात्मक घोषणा भएको टिप्पणी गरेका छन् ।
आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता रावलले हल्ला खल्लाको बीचमा एमसीसीमा अनुमोदन गरिन लागिएको भन्दै आपत्ति जनाए ।
उनले कानुनको अभावमा यो संझौता पेस नै गर्न नमिल्ने भएको बताए।
उनले एमसीसी दुई पक्षीय सम्झौता भएकाले नेपालले मात्र गरेर केही नहुँने र यो ठग पत्र बाहेक अरु केही नभएको टिप्पणी गरे ।
सरकारले निर्लज्जताका साथ काम गरिरहेकोले इतिहासमा यो कलंकको रुपमा रहने बताए ।
'एमसीसी नेपाली स्वाधिनताको लडाइमा कलंक स्थापित हुने छ'
नेकपा एमालेका सांसद भीम रावलले एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावप्रति असन्तुष्टि जनाएका छन्। उनले सार्वभौम सत्ता, स्वतन्त्रता र देशको हितमा आहात पुर्याउनका लागि रातारात संविधान मिचेर आएको बताएका छन् ।
उनले यो भ्रामक घोषणा भएको बताएका छन् । उनले यो सम्झौता महाकाली सम्झौता जस्तै भ्रामक भएको बताएका हुन् ।
आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावको छलफलमा भाग लिँदै उनले नेपालको संविधानको मर्म विपरित भएको बताएका हुन् ।
यसका साथै उनले एमसीसी माथि भएको सम्झौता पत्रलाई सम्झौता पत्र नभएर ठग पत्र भएको बताएका छन् ।
उनले यो सम्झौता नेपाली स्वाधिनताको लडाइमा कलंकको रुपमा स्थापित हुने दाबी समेत गरेका छन् ।