एमसीसीको व्याख्यात्मक घोषणा कार्यान्वयन हुनुपर्छ : पार्वती विसंखे

आइतबार, फागुन १५, २०७८

काठमाडौं, १५ फागुन : नेकपा एकीकृत समाजवादीकी सांसद पार्वती विसंखेले एमसीसीको व्याख्यात्मक घोषणा कार्यान्वयन हुनुपर्ने बताएकी छन् । 

आइतबार साँझ प्रतिनिधि सभाको दोस्रो बैठकमा सांसद विसंखेले व्याख्यात्मक घोषणा बहुमतबाट पारित भएजस्तै सम्बन्धित निकायले कार्यान्वयन पनि गर्नुपर्ने बताइन् ।

'हामी कसैबाट सहयोग वा  ऋण लिन सक्छौं’ उनले भनिन्, ‘तर कसैको दबाबमा होइन कसैले चुनौति दिएर होइन।’ 

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  २०:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार