सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १५ फागुन : एकीकृत समाजवादीका सांसद तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौतासँग सम्बन्धित सबै दस्तावेज संसदमा पेस गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै एमसीसी र एमसीए नेपालसँग भएका सबै सम्झौता अध्ययनका लागि संसदमा पेस गर्नुपर्ने बताएका हुन् । एमसीसी सम्झौता सर्तैसर्तको सम्झौता भन्दै उनले राष्ट्रलाई घात गर्ने अनुदान सम्झौताको एक पैसा पनि लिन नहुने बताए । उनले नेपालमा धेरै स्राेत रहेकाे भन्दै आफैंले यस्ता आयाेजना पूरा गर्नुपर्ने बताए ।
नेपालको स्वाभीमान तलमाथि पारेर दिइने सहयोग चाहिँदैनः झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लिन नहुने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ५० करोड अमेरिकी डलरको एमसीसीले नेपालको स्वाभीमान माथि नउठाउने बताए ।
‘सर्तहरु राखेर नेपालको स्वाभीमान तलमाथि पारेर सहयोग दिइन्छ भने नेपाललाई एक पैसा पनि चाहिन्न,’ खनालले भने, ‘जुन सहयोग सम्मानका साथ दिइन्छ, नेपालको स्वाभीमानलाई सम्मान गरेर दिइन्छ त्यो जहिले पनि हामी स्वागत गर्छौं ।’
उनले अहिले देशभत्त नेपाली जनता एमसीसीविरुद्ध सडकमा उत्रेको बताए । देशको स्वधिनता र सार्वभौमसत्ताका विषयमा बोलिरहेका जनतामाथि प्रशासनले लाठी बर्षाएको उनले जनाए ।
‘देशलाई बचाउ भनेर आवाज उठाउने देशभक्त माथि जुन दमन भएको छ , म त्यसको निन्दा गर्दछु,’ उनले भने ।