अर्थमन्त्री शर्माले गरे एमसीसी छलफलका संसद् बैठकमा पेस

आइतबार, फागुन १५, २०७८

काठमाडौं, १५ फागुन : अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयाेग परियाेजना एमसीसीमाथि सैद्धान्तिक छलफल गरियोस् भन्दै आजकाे प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरेका छन् । 

प्रतिनिधिसभाको जारी बैठकमा उनले सो प्रस्ताव पेस गरेका हुन् । यसअघि एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुपर्ने अवस्थालाई छल्न जिल्ला भ्रमणमा गएको आरोप खेपेका अर्थमन्त्री शर्माले आइतबार सोही प्रस्ताव प्रस्तुत गरेका हुन् । 

सत्तारुढ गठबन्धनबीच व्याख्यात्मक घाेषणासहित एमसीसी संसदमा पेस गर्ने सहमति भएपछि अर्थमन्त्री शर्माले आजकाे बैठकमा एमसीसी छलफलका लागि पेस गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १५:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार