तीन वर्षभित्र बर्दिबासका सबै किसानको घरमा उन्नत जातको भैँसी हुने

आइतबार, फागुन १५, २०७८

महोत्तरी, १५ फागुन : बर्दिबास नगरपालिकाले नगरभित्रका सबै किसानहरूलाई उन्नत जातको भैँसी पालन गर्न प्राेत्साहन गर्ने भएकाे छ ।  दूध बढी उत्पादन गरी किसानहरूको आयआर्जनमा वृद्धि गर्ने उदेश्यले नगरपालिकाले भारतको हरियानावाट मुरा जातको ११ वटा राँगा ल्याउने तयारी गरेकाे छ ।  नगरप्रमुख विदुर कार्कीका अनुसार न्युनतम दुईदेखि १० लाखसम्मका ११ वटा राँगा छानेर स्वस्थ परीक्षण गर्न पशुस्वास्थ्यलाई निर्देशन दिइसकेकाे छ ।  मुरा उन्नत जातको भैँसी हो । यो जातको भैसीले १७ लिटरसम्म दूध दिन सक्ने र कम मेहनतबाटै  प्रसस्त आम्दानी लिन सकिने नगरप्रमुख कार्कीको भनाइ छ । प्रत्येक वडामा एक ब्रिडिङ सेन्टर  स्थपना गरेर हरेमा राँगा राखिने नगरपालिकाको तयारी छ ।  कम उमेरमा नै प्रजनन् क्षमता भएकाले अबको तीन वर्षभित्र नगरभित्रका सबै किसानको गोठमा यो जातको भैँसी हुने नगरपालिकाको आशा छ ।  भारतकाे हरियानाका किसानको मुख्य आयस्रोत दूध बिक्री हो । यहाँ राँगा तथा भैँसीको मूल्य समेत निक्कै महँगो छ । 

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १५:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार