एमसीसीको पक्षमा उभिने एकीकृत समाजवादीको निर्णय

आइतबार, फागुन १५, २०७८

काठमाडौं, १५ फागुन : नेकपा (एकीकृत समाजवादी) पनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को पक्षमा उभिने निर्णय गरेको छ । 
एकीकृत समाजवादीको आइतबार दिउँसो बसेको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । 

यसअघि आइतबार बिहान बसेको गठबन्धन बैठकको निर्णयअनुसार एकीकृत समाजवादीले एमसीसीमाथि व्याख्यात्मक टिप्पणीसहितको घोषणालाई सर्मथन गर्दै अनुमोदन गर्ने निर्णय गरेको सो पार्टीका उपमहासचिव गंगाधर तुलाधरले जानकारी दिए ।

उनका अनुसार घोेषणालाई सम्झौताको अंग मानिनुपर्ने सर्तमात्र एमसीसीको पक्षमा उभिने निर्णय गरिएको हो । 

एमसीसीको विपक्षमा उभिँदै कार्यकर्र्तालाई सडकमा उतारेको एकीकृत समाजवादी अन्ततः एमसीसीको पक्षमा उभिएको हो । 

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १५:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार