सोसल मिडिया
Contact Us
युनिकोड
तेह्रथुम, १५ फागुन : बर्षाैं देखि कच्ची भवनबाटै सेवा दिँदै आएका तेह्रथुमका दुई वटा प्रहरी चौकीले नयाँ भवन पाएका छन् । म्याङलुङ नगरपालिकास्थित जिरीखिम्ती प्रहरीचौकी र फेदाप गाउँपालिकामा रहेको ओयाक्जुङ प्रहरी चौकीले नयाँ भवनबाट सेवा दिन थालेका हुन् ।
भवन निर्माणमा प्रदेश १ आर्थिक मामिला तथा मन्त्रालयकाे आर्थिक सहयोग रहेकाे जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक निशान थापाले बताए ।
भवन निर्माण सम्पन्न प्रश्चात प्रदेश १ प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसीले उद्घाटन गरेका छन् ।
जिरीखिम्तीमा रहेको प्रहरी चौकी प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट एक करोड २५ लाख ५२ हजार ९४ रुपैयाँ लागतमा निर्माण भएको हो । यस्तै, फेदाप गाउँपालिकाको ओयाक्जुङमा रहेको प्रहरीचौकी एक करोड २८ लाख ८० हजार आठ सय ६३ रुपैयाँमा निमार्ण पूरा भएको हो ।
जिल्लामा जिल्ला प्रहरी कार्यालयका साथै दुई वटा इलाका प्रहरी कार्यालय अस्थाई प्रहरीसहित १४ वटा चौही र एक सामुदायिक प्रहरी सेवा केन्द्र छन्