जंगलमा लुकाई राखेको मोटरसाइकलसहित दुईजना पक्राउ

आइतबार, फागुन १५, २०७८

सर्लाही, १५ फागुन : सर्लाही प्रहरीले जंगलमा लुकाई राखेको अवस्थामा चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।  शनिबार मध्यराति बागमती नगरपालिका–९, बाट हराएको ज६प २६०४ नम्बरको मोटरसाइकल आठ घण्टापछि आइतबार बिहान प्रहरी चौकी राजघाटको टोलीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार मोटरसाइकल चोरी गरेर बागमती नगरपालिकास्थित शंकरपुर जंगलमा लुकाई राखेको अवस्थामा बरामद भएको थियो ।

प्रहरीले घटनामा संलग्नको आशंकामा दुई जनालाई पक्राउ पनि गरेको छ । प्रहरीले मोटरसाईकल सँगै बागमती नगरपालिका–९, शंकरपुर बस्ने १९ बर्षीय विनोद महतो र सोही स्थानका १८ वर्षीयका अनिलकुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको निमित्त प्रवक्ता प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए । 

घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १४:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार