व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादी नेता पोखरेलको असहमति

आइतबार, फागुन १५, २०७८

काठमाडौं, १५ फागुन : नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने पार्टीको निर्णयमा असहमति जनाएका छन् ।  एमसीसीमा टिप्पणीसहितको सम्झौताको अर्थ नहुने बताए । 

एमसीसीमा टिप्पणीसहितको सम्झौता गर्ने भनिए पनि त्यो सिधै सम्झौता ठहर्ने नेता पोखरेलको भनाई छ । 

सम्झौता संशोधन वा परिमार्जनमध्ये आफुहरुको माग पुरा नहुने र सम्झौता संशोधनको अर्थ पनि नरहने उनले तर्क गरे । 

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा अन्य केहि नेताहरु पनि असन्तुष्ट रहेको तर आफुले नाम भन्न नचाहेको पोखरेलले न्युज कारखानासँग बताए । 

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १४:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार