प्रतिनिधिसभा बैठक एक घण्टा स¥यो

आइतबार, फागुन १५, २०७८

काठमाडौँ, १५ फागुन । प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि सारिएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २ बजेका लागि सारिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७-७८” पेश गर्नु हुने र अर्थमन्त्री जनार्दन शर्माले “नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्”, भन्ने सम्भावित कार्यसूची तय गरिएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १३:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार