रुसी सेनाको प्रतिकार गर्न युक्रेनलाई अमेरिकाले दियो ३५ करोड डलर बराबरको सैन्य सहयोग

आइतबार, फागुन १५, २०७८

न्युयोर्क, १५ फागुन : अमेरिकाले युक्रेनलाई ३५ करोड डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ । राष्ट्रपति जो बाइडेनले रुसी आक्रमणविरुद्ध लड्न साे रकम बराबरको सैन्य सहायता स्वीकृत गरेका हुन् ।

विदेश सहायता ऐनमार्फत विनियोजन गरिएको ३५ करोड डलर युक्रेनको सुरक्षाका लागि छुट्टयाउन राष्ट्रपति बाइडेनले विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई निर्देशन दिएका छन् ।

रुससँग भुक्दैनौः जेलेन्स्किी

यसैबीच, युक्रेनी सैनिकहरूले राजधानीमा रुसी हमलाको प्रतिकार गरेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनासमक्ष कुनै हालतमा नझुक्ने बताएका छन् ।  

रुसले सैन्य अखडामा मात्र निशाना बनाएको दाबी गरेपछि युद्धमा ठूलो संख्यामा सर्वसाधारण हताहत भएको प्राप्त विवरणहरुमा जनाइएको छ । 
शनिबार किभ सहरको दक्षिण पश्चिम क्षेत्रबहिरको एउटा अग्लो आवासीय भवनमा रुसी सेनाले मिसाइल हमला गरेको त्यहाँका मेयरले बताएका छन् । मिसाइलबाट अपार्टमेन्टमा क्षति भएको छ । क्षतिग्रस्त अपार्टमेन्टनजिक दुई विमानस्थल पर्छन् । मिसाइल हमलामा कम्तिमा ६ सर्वसाधरण घाइते भएका छन् ।

यसैबीच, रुसी हमलाका कारण १ लाख २० हजार युक्रेनी विस्थापित भएको राष्ट्रसंघले जनाएको छ ।-एजेन्सी

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १०:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार